
धनुषा, पुस ७ । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ को शुक्रबारे बजार नजिकै शंकास्पद वस्तु फेला परेको छ ।
बिहानै बीच सडकमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् ।
घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत ठप्प पारेको छ ।
शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पगेको छ । यसअघि गएको हप्ता धनुषाका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु भेटिएका थिए ।
बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्