डडेलधुरा । नेपाली कांग्रेस डडेल्धुराले एकपक्षिय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ । डडेल्धुरा कांग्रेसले पत्रकार सम्मेलन गर्दै एक पक्षिय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो ।
यस्तै सबै वडा ईकाई समितिहरुलाई यथावत रुपमा पार्टीका नियमित कामकाज गर्न पनि सूचित गरिएको छ । जिल्लाबाट सर्वसम्मत पठाइएका सदस्यहरु मध्ये ४ सय ६० जनाको नाम काटिएको र ३ सय १२ जनाको प्रकृया नपु¥याइ थपिएको बताइएको छ ।
वास्तविक सदस्य, स्थानीय निर्वाचनमा उम्मेदवार बनेका, विभिन्न तहमा पार्टीको जिम्मेवारी लिएकाहरुको नाम समेत केन्द्रले हटाएको डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लले बताउनुभयो ।
सबै तहको अधिबेशन स्थगित गरिए पनि पार्टी कार्यालयसँग समन्वय नै नगरि होटलबाट सूचना, तालीका जारी गर्दै निर्वाचन अधिकृतले केन्द्रीय सभापतिको हस्तक्षेप, निर्देशन र दबाबमा एकपक्षिय,सत्ता र राज्यशक्तिको दुरुपयोगमा गरिएको वडा अधिवेशनहरु आम क्रियासिल सदश्यहरुका लागि मान्य नभएको सभापति मल्लले बताउनुभयो ।
यथावत रुपमा क्रियासिल सदस्यता आउनुपर्ने र सहमतिमा अधिवेशन गर्ने माग राख्दै बिधिवत रुपमा सबै तहका अधिवेशनहरु सम्पन्न गर्नै वातावरण बनाउन केन्द्रीय सभापति शे बहादुर देउवालाई जिल्ला कार्य समितिले प्रेस बिज्ञप्ती मार्फत आग्रह पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्