Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


चितवनमा मानव कंकाल फेला


0
Shares

चितवन । चितवनमा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ६ स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक बनमा कंकाल फेला परेको हो ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार उक्त कंकाल भरतपुर महानगरपालिका १३ पृथ्वी नगर स्थित ऋषीराम न्यौपानेको घरमा बसोबास गर्दै आएका कास्की जिल्ला स्थाई घर भएका ५५ वर्षीय बसन्तमणी सुबेदी रहेको खुलेको छ ।

भदौ २१ गते घरबाट दक्षिणकाली मध्यवर्ती सामुदायिक बनमा निउरो टिप्न जान्छु भनी हिडेको तर घर नआएपछि भदौ २४ गते उनका आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

खोज्नेक्रममा हिजो सोही सामुदायिक वन भित्र उनले लगाएको हाफ् कट्टु, ढाका टोपी,चप्पल फेला परेको र सोही आधारमा आफन्तले सनाखत गरेका थिए ।

मानब कंकालको रुपमा खप्पर केही हड्डी फेला परेको र जंगली जनावरले खाएको जस्तो देखिएको तर थप अनुसन्धान कार्य भईरहरको चितवन प्रहरीले जानकारी दिएको छ ।