
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन १६ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कैलालीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेका सामानहरु बरामद गरेको छ ।
प्रहरीले बुधबार धनगढी उपमहानगरपालिका–२, पुन्टेघाटबाट भन्सार छलेर ल्याउँदै गरेका सामानहरु बरामद गरेको हो ।
सीमा सुरक्षा कार्यालय कैलालीका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्ट नेतृत्वको टोलीले सो सामान बारमद गरेको हो ।
भारतीय बजारबाट नेपाल ल्याउँदै गर्दा करिब ९० हजार रुपैयाँ बराबरका लेडिज कुर्ता सुरुवाल र अरु लत्ताकपडा बरामद गरी भन्सार कार्यालय कैलालीलाई बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्