नेता र दलहरूप्रति दीपकको झटारो, ‘आफूले गरे ऐतिहासिक काम, अर्कोले गरे संसदै जाम’ « Image Khabar


नेता र दलहरूप्रति दीपकको झटारो, ‘आफूले गरे ऐतिहासिक काम, अर्कोले गरे संसदै जाम’


Border circle
Imagekhabar

काठमाडौं । अभिनेता दीपकराज गिरी राजनीतिक दल र तिनका नेताहरूलाई व्यङ्ग्य गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले दल र नेताहरुले आफूले गरेका कामहरुलाई ऐतिहासिक देख्ने गरेको टिप्पणी गरेका हुन् । यस्तै उनले अर्काले कुनै काम गर्न लागेको वा गरेको खण्डमा आलोचना र संसदमा अवरोध गर्ने गरेको उल्लेख गरे ।

शुक्रबार एमालेले संसद अवरोध गर्दै बजेट ल्याउन रोक लगाएको थियो । उसले आफ्ना १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटा निष्पक्ष नभएको आरोप लगाउँदै संसद अवरोध गरेको हो ।

यसै सन्दर्भमा दीपकले लेखेका छन्, ‘विपक्षमा रहेको एमाले भन्दैछ, सभामुख निष्पक्ष छैनन्, विपक्षमा हुँदा कांग्रेसले राष्ट्रपति निष्पक्ष नभएको आरोप लगाउँथ्यो, खास कुरो चाहि यि पार्टीहरू नै निष्पक्ष छैनन् । आफूले गरे ऐतिहासिक काम, अर्कोले गरे संसदै जाम ।’

प्रतिक्रिया दिनुहोस्