२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


‘कम्बोडिया पठाइदिन्छु’ भन्दै ‘८८ लाख ठग्ने’ पक्राउ


0
Shares

काठमाडौं, साउन १६ । महानगरीय अपराध अनुसन्धान महाशाखाले ‘कम्बोडिया पठाइदिन्छु’ भनी ८८ लाख ठगी गर्ने एकजनालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा, शिवसताक्षी नगरपालिका–९ का २४ वर्षीय सुमन बस्नेत छन् ।

बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटीगार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधासमेत पाइने प्रलोभन देखाइ प्रतिव्यक्ति रु तीन लाख ५० हजारदेखि रु ६ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

उनलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

पाँचथर, मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङलगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । रासस