काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दै हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा र सुमारबीच आज दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता तय भएको छ। बिहीबार काठमाडौं आइपुग्नु भएकी सुमारले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहनु भएको छ ।
यसअघि सुमारले आज माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ । त्यस्तै हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईसँग छुट्टछुट्टै भेट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्