काठमाडौं, भदौं २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
बिहीबार विहान राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न पाएसँगै प्रधान सेनापति शर्माले पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधान सेनापति शर्मालाई शपथ दिलाउनुभएको थियो ।
अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मालाई प्रधानसेनापति बनाइएको हो ।
११ भदौमा राष्ट्रपति भण्डारीबाट प्रधानसेनापतिमा नियुक्त शर्माले एक महिनाअघि अर्थात साउन २५ गतेदेखि नै कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्