एजेन्सी । ब्राजिल, रुस, भारत, चिन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स राष्ट्रहरुको १३औं शिखर सम्मेलन आजदेखि शुरु हुदैछ ।
रुसले आयोजना गर्ने शिखर सम्मेलनको अध्यक्षता भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै हुनुहुन्छ भने सम्मेलनमा सदस्य देशहरुका सवै राष्ट्राध्यक्ष सहभागी हुने छन् ।
अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि हुन लागेको यस सम्मेलनमा अफगानिस्तानको अवस्था, क्षेत्रीय विषयहरु तथा सदस्य राष्ट्रहरुबीचका एजेण्डामा छलफल हुने जनाइएको छ । सैन्य प्रणालीमा सुधार, प्रति आतंकवाद, विकास लक्ष्य प्राप्तीका लागि प्रविधिको विकास र प्रयोग तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । त्यस्तै कोभिडले अर्थतन्त्रहरुमा पारेको असर पनि छलफलको अर्को विषय हुने छ । भर्चुअल वैठकको आयोजक चाहीँ रुस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्