४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


प्रधानमन्त्री ओली ‘डायलासिस’का लागि अस्पतालमा


0
Shares

काठमाडौं, पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको ‘डायलासिस’का लागि बिहीबार अस्पताल पुगेका छन् ।

उनी नियमित डायलासिसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर गएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा रहेको जानकारी दिएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू नियमित डायलासिसको निम्ति मनमोहन सेन्टर महाराजगन्जमा रहनुभएको छ’–सल्लाहकार थापाले बिहीबार दिउँसो फेसबुकमा लेखेका छन् ।