केशव कोइराला
बर्दिया, भदौ २१ । पश्चिम तराईका दाङ, बाके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बसोबास छ । सदियौंदेखि गाउँघरमा आइपर्ने मुद्दा मामिला र सामाजिक काममा बडघरले अगुवाको रुपमा काम गर्ने गर्दछन् । बडघरको जिम्मेवारी पाएका उनीहरुलाई स्थानीय सरकारले प्रोत्साहन गरेपछि उनीहरु खुशी देखिन्छन् ।
थारु समुदायको बाहुल्यता रहेको बर्दियामा बडघर प्रथा प्रचलित छ । बडघरले गाउँमा आइपर्ने विभिन्न कामकाजमा अगुवाको जिम्मेवारी बहन गर्नुका साथै मुद्दा–मामिला मिलाउने गर्दछ्न । बडघरको जिम्मेवारी पुरागरे वापत त्यहाँका बासिन्दाले बर्षमा एक दिन बेगारि अर्थात बडघरको निजी काममा सघाउनुपर्ने प्रावधान छ ।
बिना पारिश्रमिक काम गर्दापनी सुखद अनुभुति गरेका बडघरहरु पछिल्लो समय आफ्नो पहिचान गुम्नेहो कि भन्ने चिन्तामा छन् । तर, बर्दियाका दुई पालिका बारबर्दिया र राजापुर नगरपालिकाले स्थानिय सरकारको महत्वपूर्ण अंगको रुपमा बडघरलाई मान्यता दिएपछि उनीहरु खुशी देखिन्छन् । बडघरकालागी राजापुर नगरपालिका वडा नमबर ८ ले प्रोत्साहन रकम दिने भएपछि जिम्मेवारीको बोध गर्नमा बडघरहरु हौशिएका छन् । राजापुर नगरपालिका वडा नम्बर. ८ का अध्यक्ष चिन्तामणि आचार्यले बडघर समाजको इज्जत भएकाले सम्मान स्वरुप प्रोत्साहन गरेको बताउनुभयो ।
आफ्ना पुर्खा हरुले सदियौ देखि गर्दै आएको चलनलाई निरन्तरता दिदै आएको बडघर प्रथालाई जिवन्त दिन प्रोत्साहन कार्यक्रम लागू गरिनु निकै श्रहनिय भएको राजापुर –८, सडुवा,बन्जरीडाडाका बडघर मिठ्ठु थारुको भनाइ छ । गाउको कामकाजका लागि चौकिदार चलाउन ब्याक्तीगत खर्चमा फोन र यातायात ब्यबस्थापन गर्नुपर्ने समस्या सामधान गर्न सहयोग पुगेको उनीहरुको भनाई छ ।
दुईजनाको देशभर विभिन्न बिकासका नाममा बर्षेनी खर्च गरिने करोडौं रुपैया बालुवामा पानी हुँदै गएको बेला सामाजिक बिकासमा बडघरले पु¥याएको योगदान महत्वपूर्ण छ । तर स्थानिय स्तरको सँकृती र परम्परालाई जोगाइ राख्न यस्ता खाले राहत कार्यक्रम लागु गरिदा एक तर्फ बजेटको सदुपयोग अर्को तर्फ दीर्घकालीन लाभ हुने देखिन्छ । यस्ता खाले कामबाट केही पाठ सिक्ने की ?
प्रतिक्रिया दिनुहोस्