५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा


0
Shares

काठमाडौं । इङ्गलिस फुटबल क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा गएराती भएको सेमिफाइनल खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई २–१ ले हराउँदै लिरभपुल फाइनलमा पुगेको हो ।

खालिफा अन्तर्राष्ट्रिय मैदानमा लिरभपुलका लाग नाबी केइटा र रोबर्टो फर्मीनोले एक एक गोल गरे ।

पराजित टोली मोन्टेरीका रोग्लीयो फ्युनेस मोरीले एक गोल फर्काए । लिभरपुलले अब फाइनलमा ब्राजिलियन क्लब फ्लेमेन्गोसँग उपाधिका लागि खेल्नेछ ।