१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी


0
Shares

काठमाडौं । गृह मन्‍त्रालयले मित्र राष्‍ट्रविरुद्ध कुनै पनि गतिविध नगर्न अनुराेध गरेकाे छ । आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मित्रराष्‍टका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अनुराेध गरेको हो ।

पछिल्लो समय भारत र अमेरिका विरोधी गतिविधि बढिरहेको छ । जयसिंह धामीको मृत्यु प्रकरण र एमसीसीको विरोधमा प्रदर्शन भइरहेका छन् । त्यसैलाई बचाउ गर्दै गृहले विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

मन्‍त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो । शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्‍ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको थियो ।