५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


आर्थिक कारणले अँध्यारोमै जीवन बिताउन बाध्य भएकाहरुलाई दृष्टि


0
Shares

अनिल तिवारी (ईमेज)

वीरगन्ज, पुष २ । जिल्लामा रहेका आँखा रोगीको संख्यालाई न्युन गर्न पर्सामा अभियान नै सुरु गरिएको छ ।

जिल्लाको विभिन्न स्थानिय तहमा आँखा शिविरको आयोजना गरी मोतिविन्दुका कारण दृष्टि गुमाएका बिरामीहरुको निःशुल्क उपचार थालिएको हो ।

मातृका आई फाउन्डेशन र वीरगन्ज महानगपालिकाले संयुक्त रुपमा आयोजना गरेको आँखा शिविरमा पाँच हजार भन्दा बढी महिला तथा पुरुषको आखा परीक्षण गर्दा एक हजार भन्दा बढीमा मोतिविन्दुको समस्या देखिएको छ ।

शिविरबाट फेला परेका रोगीमध्ये पाँच सय भन्दा बढीको फेको पद्धतिबाट आँखाको अपरेशन गरिएको र बाँकी रहेका बिरामीको एक साताभित्र अपरेशन गरिने जनाएको छ ।

आँखा शिविरबाट आएका विरामीहरुको व्यवस्थापनमा लाग्ने सम्पुर्ण खर्च मेयर कल्याणकारी कोषबाट गरिएको र उपचारको खर्च मातृका आई फाउन्डेशनले गरेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको भनाइ छ ।

रकम अभावका कारण उपचार गराउन नसक्दा अध्याँरोमै जीवन बिताउन बाध्य भएकाहरुलाई दृष्टि दिएर सराहनीय काम गरेको पत्रकार जगदिश शर्माको भनाइ छ ।

पर्सामा मोतिविन्दु रोगका विरामीको संख्या तीन हजारको हाराहारीमा रहेको मातृका फाउन्डेशनका चिकित्सकहरुले बताएका छन् ।

हाल संचालन गरिएको शिविरबाट सबै आँखा रोगीको उपचार सम्भव नभएकाले यस्ता शिविर अझै गर्न रहेको छ ।