३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


‘ए’ डिभिजन लिगका पहिलो चरणका खेलहरु आज सकिंदै


0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पहिलो चरणका खेलहरु आज सकिंदैछन् ।

आज दुई खेल भएपछि पहिलो चरणका खेलहरु सकिनेछन् । आज दावेदार थ्री–स्टार क्लबले आफ्नै शहरको प्रतिद्वन्द्वी जावलाखेल युथ क्लवसँग खेल्नेछ ।

यो खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा मध्यान्ह साढे १२ बजे सुरु हुनेछ ।

आजै दिसो साढे दुई बजे दशरथ रंगशालामा मनाङ मस्र्याग्दी क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्नेछन् ।

उता न्युरोड टिम एनआरटीले जारी लिगमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४-० को फराकिलो अन्तरले हराएको हो ।

एनआरटीका लागि सरोज तामाङले दुई तथा जुनियर ओन्गुएन र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।

हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन् ।