२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


गुठी संस्थानका प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मी पक्राउ


0
Shares

काठमाडौं, पुस १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उनीहरुलाई त्रिपुरेश्वरस्थित गुठी संस्थानकै कार्यालयबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर–१ स्थित जग्गाबारे गुठी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गालाई गुठीमै कायम गर्न घुस लिएको तथा फिर्तासमेत गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।