एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ ।
भेलबाढी घरमा पसेपछि डुबेर आठको र सवारी साधनसँगै डुबेर एकको मृत्यु भएको हो ।
ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षा र भेलबाढी आएपछि न्यूयोर्क र न्यू जर्सीसहितका क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरुमा बाढी सवे स्टेशन तथा मानिसका घरघरमा पसेको देखिएको छ । बाटो पानी खोला जस्तै गरी बगेको छ ।
न्यूयोर्कको छिमेकी राज्य न्यू जर्सीमा पनि आपतकालीन अवस्था लागू भएको छ । न्यू जर्सीमा धेरै जसो घरमा क्षती भएको बताइएको छ ।
राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको सेन्ट्रल पार्कमा एक घण्टामा ८ सेन्टिमिटर पानी परेको छ ।
न्यूयोर्क प्रहरीले स्थानीय बासिन्दालाई सकेसम्म बाटो भन्दा पर बस्न आग्रह गरेको छ । अधिकांश सबवेहरु बन्द भएका छन् ।
न्यूयोर्क र न्यू जर्सीका अधिकांश रेल तथा विमान सेवा अवरुद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्