७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


आईसीसी वरीयता : केन विलियम्सन दोस्रो, स्टिभ स्मिथ तेस्रो


0
Shares

एजेन्सी । इंग्ल्यान्डका कप्तान जोए रुट टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अद्यावधिक गरेको नयाँ वरीयतामा रुट शीर्ष स्थानमा उक्लिएका हुन् ।

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सनलाई पछि पार्दै रुट शीर्ष स्थानमा उक्लिएका हुन् । भारतविरुद्धको टेस्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका रुट शीर्ष स्थानमा उक्लिएका हुन् । रुट करिब ६ वर्षपछि शीर्ष स्थानमा फर्किन सफल भए । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।

यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र भारतका रोहित शर्मा पाँचौ स्थानमा उक्लिएका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली छैटौं स्थानमा झरेका छन् । पाकिस्तानका कप्तान बाबर आजम सातौं, अष्ट्रेलियाका डेभिड वार्नर आठौं, क्विन्टन डी कक नवौं र हेनरी निकोल्स दशौँ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहँदा भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो स्थानमा छन् । अष्ट्रेलियाका जोस हाजलउड चौंथो र इंग्ल्यान्डका जेम्स एण्डरसन पाँचौ स्थानमा छन् ।

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।