चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु « Image Khabar


चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु



चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय गितानगरका अनुसार भरतपुर महानगरपालिका–२३ निवासी ३८ वर्षीया सम्झना दराइको मृत्यु भएको हो ।

दिउँसो साढे २ बजे स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएको समयमा दराइलाई आक्रमण गरेको थियो ।

गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।