२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


दुहवीले जित्यो धनकुटा गोल्डकप


0
Shares

धनकुटा, मंसिर ३० । धनकुटाको हिलेमा आयोजित प्रथम धनकुटा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दुहवी फुटबल क्लब सुनसरीले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा दुहवीले रोयल धरान फुटबल फ्रेन्ड क्लबलाई ‘सडेनडेथ’मा हराउँदै उपाधि जितेको हो ।

निर्धारित् समय र ‘टाइब्रेकर’मा पनि बराबरी सकिएपछि सडेनडेथबाट खेलको निर्णय लिइएको हो ।

धरानका कप्तान सुबोध शाहीको प्रहार असफल भएपछि दुहवीका कप्तान  सिर्जित कार्कीले गोल गर्दै टोलीलाई उपाधि जिताएका हुन् ।

उपाधिसँगै दुहवीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता धरानले ५० हजार पाएको छ ।