४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


धनुषामा फेला परेको शंकास्पद वस्तु सेनाबाट निष्कृय


0
Shares

धनुषा, मंसिर ३० । तीन स्थानमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

शंकास्पद बस्तु देखिएपछि नेपाली सेनाको वम डिस्पोजल टोलि निष्कृय पार्नको लागि आएको थियो ।

सदरमुकाम जनकपुरधाम वडा नम्बर ९ स्थित संकटमोचन मन्दिर, बाह्रबिघा मैदान र धनुषाधाम १ स्थित सरस्वती नमुना माध्यामिक विद्यालयको भवन पछाडि शंकास्पद वस्तु भेटिएको थियो ।

प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै राखिएको शंकास्पद वस्तु आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त वस्तु बम नरहेको सेनाले जनाएको छ ।

प्रहरीले पछिल्ला दिनमा तराईमा भएका शृङ्खलाबद्ध बम बिस्फोटका घटनाले सचेत हुन आवश्यक रहेको तर अफवाहको पछाडि नलाग्न पनि सबैमा अनुरोध गरेको छ ।

गत शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शक्तिशाली बम विस्फोट भएको थियो । जसमा बाबु–छोरासहित एक प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

चार जना गम्भीर घइते भएका थिए । सोही घटनाका कारण पनि स्थानीयमा अहिले बढी त्रासमा देखिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए ।

विभिन्न स्थानमा शंकास्पद वस्तु कस्ले राख्यो भन्ने बारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।