
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरूलाई खोजी गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरूलाई सरकारले खोजी तथा अनुसन्धान गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पीडितहरूलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालाहरूसँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन पनि दिनुभयो ।
कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले बेपत्ता र बेपत्ता पारिएकाहरूको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । यो पीडितको रोदनको कुरा भएकोले पीडितको माग सम्बोधन हुनुपर्ने बताउनुभयो ।
महान्याधिवक्ता खातीले मानिसको जीवन नै सबैभन्दा मूल्यवान हुने भन्दै मानिस हराउने र हराउन बाध्य पार्ने कारण कसैबाट नहोस् भन्ने कुरा नै बेपत्ता पारिएको पीडितहरूको अन्तर्राष्ट्रिय दिवस २०७८ को मुल कुरा भएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्