पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा आयाे « Image Khabar


पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा आयाे


Border circle
Imagekhabar

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चदनमा आएको छ । त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिनु भयो । अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साँढे ५ बजेतिर पहिरो गएको थियो ।

पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो । प्रहरी निरीक्षक थापाले अव सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताउनु भयो ।

सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने भईरहेको छ । पहिरो निरन्तर गईरहेका कारण सयौं सवारी साधन र यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्