पहिरोले पाल्पाका दर्जन सडक अवरुद्ध « Image Khabar


पहिरोले पाल्पाका दर्जन सडक अवरुद्ध


Border circle
Imagekhabar

पाल्पा । निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् ।

पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा, तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, बगनासकाली गाउँपालिका–४ शेरा, तिनाउ गाउँपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै तानसेन–११ सम्मोबारीमा पहिरो जाँदा तानसेन–रिडी सडकखण्ड र रम्भा–३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिदार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार रातिदेखि नै अवरुद्ध छ । वर्षा रोकिएपछि पहिरो क्षेत्रमा डोजर परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्