Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ घाइते


0
Shares

बिबेक भण्डारी/ईमेज

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको कावासोतीमा सेनाको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार शनिबार विहान ३ः १५ मा दुर्घटना भएको जनाएको छ ।

नेपाली सेनाको टोली चढेको ना६ख ४०४ नम्बरको बस सुर्खेतबाट काठमाडौं जाँदै गरेको र बस अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना हुन पुगेको प्रहरीले जानकारी गराएको छ । बसमा सवार दुई जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते भएका छन ।

गम्भीर घाइते दुई जनाको चितवन स्थित भरतपुर अस्पतालमा उपचार भइरहेको र अन्यको मध्यविन्दु अस्पतालमा उपचार भइ रहेको छ । बसमा चालक ४० जना रहेका थिए  ।