
धनुषा । धनुषामा महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
गएराति भएको बम विस्फोटमा ४६ वर्षका राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।
विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो ।
बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो ।
विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए ।
घाइते दाहाललाई बीपी स्वास्थ्य प्रतिस्ठान धरान ल्याउँदे गर्दा मृत्यु भएको हो । अन्य तीन जनाको धरानमै उपचार भइरहेको छ ।
घटनामा अन्य दुई जना सामान्य घाइते भएको बताइएको छ ।
घरमुली साह ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरूको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।
बम फेला परेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।
प्रतिक्रिया दिनुहोस्