एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् ।
काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन ।
अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको पनि ती देशहरुले बताएका छन् ।
अझै हजारौं मानिसलाई बाहिर निकाल्नु पर्ने अवस्था रहेको बेला अमेरिकी रक्षा मन्त्रालयले काबुल विमानस्थलको पूर्वी र उत्तरी प्रवेशद्वारबाट तत्काल हट्न भनेको हो ।
अमेरिकाले ती स्थानमा आतंककारी हमलाको उच्च खतरा रहेको पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस्