सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु « Image Khabar


सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु


Border circle
Imagekhabar

वीरगन्ज । सुख्खा बन्दरगाहमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सुख्खा बन्दरगाह भित्र ट्रकले ठक्कर दिँदा ५० वर्षीय क्लियरिगं एजेन्ट विनोद अग्रवाल तोदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुख्खा बन्दरगाहको कन्टेनर यार्डमा मोटरसाइकलमा उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका तोदीको उपचारको क्रममा नारायणी बयोदा अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिएको ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार भएकाले खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्