नेप्सेका सिईओ साउदद्वारा राजीनामा « Image Khabar


नेप्सेका सिईओ साउदद्वारा राजीनामा


Border circle
Imagekhabar

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत(सिईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ ।

श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गर्नुभएको हो । पदीय मर्यादाविपरीत कुनै कार्य नगरेको दाबी गर्दै साउदले अनुसन्धानमा सजिलोका लागि राजीनामा दिएको बताउनुभएको छ ।

आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भिष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले उनीहरू दुईजनामाथि कारबाहीको प्रक्रिया थाल्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो ।

सर्वोत्तम सिमेन्ट प्राथमिक सेयर निष्काशन प्रक्रिया अघि बढाएपछि नेप्सेका साउदले श्रीमती र बोर्ड अध्यक्ष ढुंगानाले छोरीको नाममा सेयर खरिद गरेको विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्