
काठमाडौं । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा इलाममा जन्मेर राष्ट्रको नाम राख्ने चार खेलाडीलाई काठमाडौमा सम्मान तथा पुरस्कार प्रदान गर्ने भएका छन ।
इलामेली समाजको ब्यानरमा उनले आगामी सोमबार फुटबलमा स्वर्ण पदक बिजेता जमुनाका छिरीङ गुरुङ, उसुमा स्वर्ण बिजेता जुनी राई सूर्योदय नगरपालिकाकी रजत पदक विजेता महिला फुटबल टिमकी गोल रक्षक एन्जिला तुम्बापो र भलिबलमा कास्य पदक प्राप्त गर्ने इलाम गजुरमुखीकी विनिता बुढाथोकीलाई उनले सम्मान गर्ने भएका हुन् ।
जिल्लाभर हुने फुटबल, भलिबललगायत बिभिन्न खेलमा पुरस्कार सहयोग गरी खेलाडीको मनोबल बढाउन सहयोग गर्दै आएका नेता खड्काले राष्ट्रिय कीर्तिमान राख्ने इलामका खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न लागेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्