२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेलहरु सकिए


0
Shares

काठमाडौं, मंसिर २६ । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणका खेलहरु सकिएका छन् ।

गएराती समुह चरणका अन्तिम चरणका ८ खेलहरु भएपछि राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

अन्तिम दिन स्पेनको एथ्लेटिको मड्रिड र इटालीको एटालान्टा नक आउट चरणमा उक्लिएका हुन् ।

समुह ‘डि’ को खेलमा रुसको लोकोमोटिभ मस्कोलाई २–० ले हराउँदै स्पेनको एथ्लेटिको नक आउट चरणमा उक्लिएको हो ।

यसैगरी समुह ‘सि’ को खेलमा युक्रेनको शख्तरलाई ३–० ले हराउँदै इटालीको एटलान्टा पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ ।

गएरातीका खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

यसपटक इंग्ल्याण्डबाट चार टोली लिभरपूल, म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम हट्सपर, स्पेनबाट चार टोली बार्सिलोना, रियाल मड्रिड, एथ्लेटिको मड्रिड र भ्यालेन्सीया छन् ।

त्यस्तै इटालीबाट तिन टोली युभेन्टस, नापोली र एटलान्टा, जर्मनीबाट तिन टोली बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड र आर.बी लेप्जीग तथा फ्रान्सबाट दुई टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) र लियों राउण्ड अफ सिक्सटिनमा पुगेका छन् । एजेन्सी