काठमाडौं । एमालेका बुद्धिजीवी एवं पूर्वमहान्यायाधिवक्ता युवराज संगौंलाले एकतावादी भन्नेहरुले नाटक बन्द गर्न सुझाव दिनुभएको छ । एमाले फुट्नुमा तटस्थवादी र एकतावादी भन्नेहरुको भूमिका अझ ठूलो भएको भन्दै संग्रौंलाले यस्ता नाटक बन्द गर्न आग्रह गर्नुभयो ।
युवा भन्ने तटस्थवादीहरु मौका मिले मन्त्री, सांसद हुने, मौका परे दन्काउने मात्रै भएकाले पार्टी एकताको यो रटान भैरहेको स्थान सुरक्षाको बार्गेनिङ मात्रै भएको उहाँको आरोप छ ।
उहाँले नेपाल/खनाललाई पार्टी फुटाउन हौस्याएर युवा नेताहरुले आफू भने आफ्नो पद सुरक्षाको लागि पार्टी एकताको रटान लगाएको बताउनुभयो ।
ओली या खनाल/नेपाल जता गए पनि यस्ता तटस्थवादी र एकतावादी युवा नेताहरुले गुटको राजनीतिलाई मलजल गर्ने काम गरेको उहाँको भनाइ छ ।
‘तंपाइहरुले आफ्नो हैसियत के बनाउनु भयोरु अब एमालेमा जांदापनी गुट यथाबत रहन्छ तपाईंका कारणले। तपाइँहरु अर्कोतिर जानुभयो भने पनि गुट बन्छ। तपाईंहरुको हैसियत त बच्चा जन्मिदा संगै निस्कने सालको जस्तो भयो। कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ। तर निक्लिए पनि यो फ्यांकिन्छ। तपाईंहरु बच्चा होइन साल बन्नु भो’, संगौंलाले लेख्नुभएको छ ।
संगौलाले युवा नेताहरु बुढाहरुकाे कांधमा बसेर गोजीमा लुकेर मन्त्री हुनेहरु भएको भन्दै देशको राजनीति अझै नगीजोल्न चेतावनी दिनुभयो ।











प्रतिक्रिया दिनुहोस्