४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


१३ औं सागमा विजेता खेलाडीलाई बालुवाटार बोलाइयो, के देलान् प्रधानमन्त्री ओलीले ?


0
Shares

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिनका लागि प्रधानमन्त्री निवास बालुवाटार आमन्त्रण गरेका छन् ।

सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन पनि गर्नेछन् ।

संवोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रोत्साहन प्याकेजको समेत घोषणा गर्ने बताइएको छ ।

यस अघि हिजो साग समापन समारोहलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्बद्ध सबैलाई धन्यवाद दिएका थिए ।

१३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ । नेपालको रजत र कास्यको संख्या ६० र ९५ रहेको छ ।