Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गरेका हाैं– माधव नेपाल


0
Shares

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गरेको बताउनुभएको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टीलाई कब्जा, बदनाम, एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नयाँ दल दर्ता गरेको बताउनुभयो ।

उहाँले दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी र योग्य कमरेडलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताउनुभयो ।

यस्तो छ उहाँले सामाजिक सञ्जालमा व्यक्त गरेका धारणा 
एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्‍याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ । हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ ।

Skip This