३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


प्रधानमन्त्री ओली नियमित ‘डायलासिस’का लागि अस्पतालमा


0
Shares

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित ‘डायलासिस’का लागि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राससलाई जानकारी दिए ।

प्रधानमन्त्री डायलासिस सकेर मंगलबारै प्रधानमन्त्री निवास फर्कनेछन् ।

‘प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ ७ः३० बजेतिर अस्पताल जानुभएको छ । डायलासिस सकिएपछि उहाँ आजै अस्पतालबाट फर्किनुहुन्छ’–प्रेस सल्लाहकार थापाले भने ।

प्रधानमन्त्री ओलीको गत मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि यही मंसिर १९ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए । रासस