३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक


0
Shares

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक चित्त बुझाउनु परेको छ ।

सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई नेपालले ५ विकेटले हरायो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए । माल्दिभ्सका उमर अदमले ३ विकेट लिए ।

कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

सन् २०१० मा पहिलो पटक क्रिकेट समावेश गरिएको सागमा नेपाल चौथौ स्थानमा सिमित बनेको थियो ।

पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।