३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


नेपालीहरुमा फुटबलप्रति किन देखियो यस्तो क्रेज ? (हेरौं भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी र सानु माली(ईमेज)

काठमाडौं । यतिबेला मुलुक सागमय भएको छ । समग्र नतिजा हर्ने भने नेपाली खेलाडीहरुले सन्तोषजनक प्रदर्शन गरेका छन् ।

सबै खेलमा दर्शकहरुको राम्रै उपस्थिति छ तर विशेषगरी फुटबलमा भने नेपाली दर्शकहरुको क्रेज बढी देखिएको छ ।

दशरथ रंगशालाभित्र नेपालले फुटबल खेलिरहँदा भित्र पस्न नसकेका र नपाएका दर्शकहरुले सडकै स्क्रिनमा प्रत्यक्ष प्रसारण हेरेर खेलाडीहरुलाई हौस्याएका छन् ।

१३ औं दक्षिण एशियाली खेलकुद सागअन्तर्गत फुटबलको समूह चरणको अन्तिम खेल हेरिरहेका दर्शकको भीड निकै रोमान्चक थियो ।

रंगशालाभित्र प्रवेश गरी प्रत्यक्ष रुपमा खेल हेर्न नपाएतापनि फुटबलको क्रेज नेपालीहरुमा कतिको छ भन्ने यही दृश्यले देखाउँछ । हात हातमा नेपालको झण्डा अनि बिभिन्न पहिरन ।

आफनै देशमा आयोजना भएको साग फुटबल खेल हेर्न फु्टबल प्रेमीको मोह साँच्चिकै मन छुने खालको छ ।

रंगशालाभित्र देशको शानका लागि भिडन्त गरिरहेका खेलाडीको खेल हेर्न भनि रंगशाला परिसर बाहिर राखिएको टेलिभिजन स्क्रीनमा झुम्मिएका दर्शकहरुको उमेर समूह पनि भिन्दा भिन्दै छ ।

के बृद्ध, के पुरुष, महिला र किशोर–किशोरी मात्रै नभई बालबालिकाको मोह पनि उत्तिकै रोचक देखिन्छ । हुन त यी दर्शकहरुका कारण रंगशाला वरिपरीको ट्राफिक ब्यबस्था अस्तब्यस्त नबनेको होइन ।

यद्यपी देशको प्रतिष्ठाका लागि भएको खेलले बनाएको जामलाई यात्रुहरुले पनि सामान्य रुपमा लिएको पाइयो । २०७२ सालको भूकम्पले ध्वस्त भएको रंगशालाको संरचना पुननिर्माण पछी सागका लागि तयार गरिएको हो ।

जुन ढंगले नेपालीहरुमा फुटबलप्रतिको क्रेज छ त्यही अनु्सार प्रत्येक दुई दुई बर्षमा हुने राष्ट्रिय खेलकुद समेत गर्न नसक्दा नेपाली फुटबल प्रेमीहरु पछिल्लो समय निराश बनेका थिए ।

सन् १९८४ मा पहिलो पटक दक्षिण एशियाली खेलकुद आयोजना गरेको नेपाल ३५ बर्षपछि पनि खेलको भौतिक पूर्वाधार निर्माणमा  हेर्ने हो भने दक्षिण एशियाली खेलकुद गर्नमा नै सिमित छ ।

गत मंसीर ३ गते बिश्वकप छनौटको खेल समेत हुन नसकेको हाम्रो देशमा त्यसको १२ दिनपछि सागको भब्य उद्घाटन भयो जसको प्रशंसा नभएको होइन ।

भौतिक पूर्वाधारलाई हेर्दा दक्षिण एशियाली खेलहरुमात्रै गर्न सक्षम जस्तो देखिएकोमा नेपालले अब कम्तीमा एशियाली स्तरको खेल प्रतियोगिताहरु आयोजना गर्ने सोच राख्न आवश्यक छ ।

यसका लागि पहिलो सर्त हो भौतिक पूर्वाधारको निर्माण । ठूलो स्तरको खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नु सक्नु राष्ट्रिय प्रतिष्ठाको विषय पनि हो ।

त्यसैले आगामी दिनमा खेलकुदको विकास गर्ने हो भने विगतका कमीकमजोरीको समीक्षा गर्दै नयाँ सोचका साथ रणनीति बनाउन आवश्यक छ ।