
काठमाडौं । १३ औं साग अन्तर्गत कबड्डीको पुरुषमा नेपाल पदकविहीन बनेको छ ।
पाँच राष्ट्र सहभागी कबड्डीमा पुछारमा रहँदै नेपाल पदकविहीन बनेको हो ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आइतबार भएको खेलमा भारतसंग पराजित हुँदै नेपाल बाहिरिएको हो ।
नेपाल ६२/२६ को फराकिलो अन्तरले पराजित भयो । भारत र श्रीलंका फाइनलमा प्रवेश गरेका छन् ।
भारत शीर्ष स्थानमा रहँदै र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकाले बंगलादेशलाई ३५/२० ले हराउँदै उपविजेताका रुपमा फाइनलमा स्थान पक्का गरेको हो ।
बंगलादेश र पाकिस्तानले कास्यपदक जितेका छन् । यता, महिलातर्फ नेपाल पहिलो पटक फाइनलमा पुगेको छ ।
सागको कबड्डीमा कुनैपनि नेपाली टोली फाइनलमा पुगेको यो पहिलो पटक हो ।
नेपालले स्वर्णपदकका लागि फाइनलमा भारतसंग खेल्नेछ । दुवै तर्फका फाइनल खेलहरु सोमबार हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्