
काठमाडौं । नेपाल प्रहरीको लायु औषध नियन्त्रण ब्युरोले लागू औषध बनाउन प्रयोग गरिने रसायन इफेड्रीनसहित एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।
४ किलो २ सय ग्राम इफेड्रिनसहित पक्राउ परेका चिनियाँ नागरिक चाङ्ग चाउलाई ब्युरोले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
चाङ्गले न्युजिल्याण्ड पठाउने उद्देश्यले चिनबाट उक्त रसायन लिएर आएको ब्यूरोका प्रहरी उपरीक्षक बिरेन्द्रकुमार बस्यालले बताए ।
कार्गोले न्युजिल्याण्ड पठाउन लागेका काठका फ्रेम शंका लागी चेकजाँच गर्दा रसायन फेला परेको प्रहरीले जनाएको छ ।
उक्त रसायनको नेपाली बजारमा २ लाख ५० हजार रुपैयाँ पर्ने तर न्युजिल्याण्डमा भने झण्डै ५० लाख रुपैयाँ पर्ने दाबी पनि प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्