वीरगञ्ज । वीरगञ्जको घण्टाघरबाट उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा पार्किङ स्थल ठेक्का नदिन अदालतले अन्तरिम आदेश गरेको छ ।
उद्यानका लागि छट्याइएको जग्गामा पार्किङ स्थल निर्माणविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले शुक्रबार यस्तो आदेश दिएको हो ।
अदालतले जग्गामा वीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिने काम कारबाही नगर्न÷नगराउन अन्तरिम आदेश दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो । रिट निवेदककोतर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठी र देवेन्द्रलाल नेपालीले बहस गरेका थिए ।
घण्टाघरको उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले रिट दायर गर्नुभएको थियो ।
उहाँले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाएर असार २८ गते रिट निवेदन दर्ता गराउनुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्