
धनकुटा । धनकुटाको हिलेमा सम्पन्न दोस्रो राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फको उपाधि काठमाडौँका पबिन लिम्बु र प्रकाश महर्जनको जोडीले उचालेको छ ।
आज(शनिबार)भएको फाइनल खेलमा सुनसरीका सुर्य श्रेष्ठ र सुरज महर्जनको जोडीलाई २–१ को सेटमा हराएको हो ।
भेट्रानतर्फको उपाधि संखुवासभाका मोहन कट्वाल र ओम बिष्टले उचालेका छन् ।
उनीहरुले पाँचथरका धन कृष्ण श्रेष्ठ र इन्द्र योङहाङलाइ २–१ ले पराजित गरेका हुन् । त्यस्तै खुल्ला महिलातर्फको उपाधि धनकुटाकी गिता राईले हात पारेकी छन् ।
उनले फाइनल खेलमा धनकुटाकै अरुणा तामाङलाई ३–० ले पराजित गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएकी हुन् । प्रतियोगितामा कूल ३५ जोडिले सहभागिता जनाएका थिए
प्रतिक्रिया दिनुहोस्