
काठमाडौं । १३ औं साग अन्तर्गत आर्चरीमा नेपाल फाइनलमा पुगेको छ ।
१० वटा स्वर्ण पदकका लागि पोखरामा जारी भिडन्तमा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स्डतर्फ फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पदक पक्का गरेको हो ।
कम्पाउण्ड मिक्स्ड टिममा नेपालले बंगलादेशसंग फाइनलमा खेल्ने भएको छ । नेपालले श्रीलंकालाई १ सय ३७ का बिरुद्ध १ सय ४३ अंक ल्याउँदै फाइनलमा स्थान बनाएको हो ।
यो स्पर्धामा भुटान सहभागी नभएपछि बंगलादेश भने सीधै बाई पाएर फाइनलमा पुगेको हो । नेपालले आइतबार अन्य पाँच विधामा कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्