
सुनसरी । बलात्कारको आरोप लागेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरीलाई (सिद्धबाबा)लाई प्रहरी अस्पतालबाट जिल्ला अदालत सुनसरी लगेका छन् ।
चार दिनको म्याद सकिएपछि म्याद थपका लागि अदालत लगिएको हो । डिएसपी विनोद शर्माको टोली अस्पताल पुगेर उनलाई अदालत लगेको हो ।
उनलाई सोमबार विहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।
अनुसन्धानका लागि थप समय प्रहरीले मागेपछि जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिनको म्याद थप गरेको हो ।
प्रतिक्रिया दिनुहोस्