
काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् करातेमा नेपालले अन्तिम दिन बुधबार एउटामात्र स्वर्णपदक जितेको छ ।
कुमुतेको महिला ६८ केजी तौल समूहमा अनुपमा मगरले स्वर्णपदक जितेकी हुन् ।
सातदोबाटोस्थित करातेहलमा भएको फाइनलमा पाकिस्तानी खेलाडी नर्गिसलाई ६–३ ले हराउँदै अनुपमाले स्वर्ण जितेकी हुन् । योसमेत गरी यो सागमा नेपालले करातेबाट १० स्वर्णपदक जितेको छ ।
जारी सागमा करातेका खेल सकिँदा नेपालले १० स्वर्ण, ४ रजत र ५ कास्यपदक जितेको हो ।
प्रतिक्रिया दिनुहोस्