२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


खो–खोमा नेपालले पहिलोपल्ट जित्यो रजत


0
Shares

काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को खो–खोमा नेपालको महिला टोलीले रजतपदक जितेको छ ।

बुधबार कीर्तिपुरस्थित नयाँबजारको कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसित १७–५ ले पराजित हुँदै रजतपदकमा सीमित भएको हो ।

यो नतिजा पनि नेपालका लागि कीर्तिमान नै हो । नेपालले पहिलोपटक खो–खोमा रजत जितेको हो । बंगलादेशले कास्य जित्यो ।

खो–खोमा पुरुषतर्फ नेपालले कास्यपदक जितेको छ । नेपालले श्रीलंकालाई १३–७ ले हराएर कास्य जितेको हो ।