२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महिला ह्यान्डबलमा नेपालको विजयी सुरुआत


0
Shares

पोखरा, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला ह्यान्डबलमा नेपालले विजयी सुरुआत गरेको छ ।

बुधबार पोखरामा भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको हो ।

नेपाल २९–१९ ले विजयी भयो । उमा राईले ८ तथा कविता राईले ६ गोल गरिन् ।

त्यस्तै, निशा राई र कल्पना ओलीले समान ४/४, दुर्गा बोहरा र रन्जना राईले २/२ तथा शान्तिकला राई र शान्तिकुमारी चौधरीले १/१ गोल गरे ।