२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालको अर्को सफलता, तेक्वान्दोमा सक्षमले जिते स्वर्ण


0
Shares

काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोमा बुधबार नेपालले दुईओटा स्वर्णपदक जितेको छ ।

नेपाललाई सक्षम कार्की र संगीता बस्यालले स्वर्णपदक दिलाएका हुन् ।

८७ केजीमाथिको तौल समूहमा सक्षमले फाइनलमा पाकिस्तानी खेलाडीलाई २२–९ ले हराउँदै स्वर्ण जिते ।

यसअघि, बुधबारै संगीताले ६२ केजीमुनि तौल समूहमा फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । ।

योसँगै तेक्वान्दोमा नेपालको स्वर्णपदकको संख्या ११ पुगेको छ ।

निशा रावलले भने रजतपदकमै चित्त बुझाइन् । उनी भारतीय खेलाडीसित फाइनलमा २२–९ ले पराजित भइन् ।