
काठमाडौं, मंसिर १० । साइक्लिङमा नेपालले दुई स्वर्ण र दुई रजत पदक जितेको छ ।
आज भएको डाउन हिल १ किलोमिटरअन्तर्गत पुरुष र महिला दुवै विधामा नेपाली खेलाडीले स्वर्ण र रजत पदक जितेका हुन्।
नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका हुन् । यस्तै पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत जिते । महिलातर्फ नेपालकी जमुना थापाले रजत जितिन् ।
प्रतिक्रिया दिनुहोस्