महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो « Image Khabar


महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो


Border circle
Imagekhabar

काठमाडौं, साउन २१ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।

संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिनुभयो ।

महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले यो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्