
स्याङ्जा, साउन २१ । स्याङ्जामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
साउन २२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर साउन ३२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।
जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।
जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
औषधी र खाद्य सामग्री खरिदका लागि बिहान ५ देखि साझ ७ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जानकारी दिनुभयो ।
अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।
स्याङजामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । जिल्लामा तेस्रो नयाँ भेरिएन्ट समेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्